रौतहट : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भईसकेको बताएका छन् । वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने जिकिर उनले गरेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्थाले देशमा समृद्धि आउँन नसक्ने ठोकुवा गर्दै राजनीतिक स्थायित्व एवं समृद्धिका लागि राष्ट्रपतीय व्यवस्थामा जानुको बिकल्प नभएको बताए ।
‘देशलाई सही निकास दिनका लागि यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन नै हो । त्यो नहुँदा सम्म देशमा अस्थिरता र अन्योल कायमै रहन्छ, मुलुक समृद्ध पनि हुदैन्’ आजपा अध्यक्ष साहले भने, ‘त्यसैले राजनीतिक अन्योलता र अस्थिरता हटाउँनका लागि हामीले जतिछिटो यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था नै त्यसको निकास हो ।’
दलियतन्त्र, तीन दलका तीन राजाको मनोमानीले राजनीतिक अस्थिरता, देश अहिले असफलताको बाटोमा गएको बताउँदै उनले आर्थिक समृद्धि र देशलाई सफलतातर्फ लैजानका लागि यो व्यवस्था खारेजीको बिकल्प नभएको ठोकुवा उनले गरे ।
बेदेशिक रोजगारीमा भईरहेको ठगीको अन्त्यका लागि आजपाले संघर्षका कार्यक्रम थालेको बताउँदै उनले २० मंसिरमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुने बृहत जनप्रदर्शन कार्यक्रमलाई सफल बनाउँन निर्देशन दिए । यस्तै शिक्षामा देखिएको निषेध, असमानता तथा सिण्डिकेटको अन्त्य, आम जनतालाई ऋण, कर्जा दिलाउँन तथा बैंकिंङ लुटका विरुद्धमा आजपाले संघषका बिभिन्न कार्यक्रम गर्न लागेकाले त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट जुटन उनले आह्वान गरे ।
चन्द्रपुर–५ मा आयोजित सो कार्यक्रमका बीच बिभिन्न पार्टी परित्याग गरी दर्जनौ नेताहरु आजपामा प्रवेश गरेका छन् । जनमत पार्टीका वडा अध्यक्ष प्रत्यासी वालकुमारी चौधरी, जनता समाजवादी पार्टी (जसपा) का वडा अध्यक्ष प्रत्यासी बद्री प्रसाद यादव, राम प्रसाद साह तथा नेपाली कांग्रेसका नेता नेवालाल साह, वुनिलाल वैठा लगायतका दर्जनौ नेता कार्यकर्ताहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई आजपा अध्यक्ष साहले पार्टीमा स्वागत गरेका आजपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।