काठमाडौं : नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता भएको हो ।

यसअघि गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समलिङ्गी विवाह दर्ता गर्न मिल्ने या नमिल्ने भनेर राय मागेको थियो । विभागले समलिङ्गी विवाह दर्ता गरिदिन राय दिएसँगै गाउँपालिकाले विवाह दर्ता गरी प्रमाणपत्र दिएको हो । विभागले गाउँपालिकालाई अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरी प्रमाणपत्र दिन भनेको हो ।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरूङ भन्ने संजिव गुरूङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय