– नरेन्द्र कश्चित
धनकुटा : नेपाली कांग्रेस पार्टी सहिदभूमि गाउँपालिका वडा नं ६  एवाई टोल समितिद्वारा नेपाली कांग्रेसका अग्रज गुम्बासिंह राईको ममतामयी माताको निधनमा आज श्रध्दाञ्जली सभा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका अग्रज राईको ममतामयी माता तथा नेपाल तरुण दल वडा सदस्य रमेश राईको हजुरआमाको निधनप्रति श्रध्दाञ्जली ब्यक्त गर्दै नेपाली कांग्रेस एवाई टोल समिति सहिदभूमि गाउँपालिका-६ द्वारा समावेदना पत्र हस्तान्तरण गरिएको हो ।

सहिदभूमि गाउँपालिका वडा नं-६,एवाईटोल नेपाली कांग्रेसका अग्रज गुम्बासिंह राईको ममतामयी माता तथा नेपाल तरुण दल सहिदभूमि गाउँपालिका वडा नं ६ का सदस्य रमेश राईको हजुरआमा श्रीमाया राईको मंसिर ४ गतेका दिन ९० वर्षको उमेरमा निधन भएपछि टोल समितिले आज एक कार्यक्रमको आयोजना गरि श्रध्दाञ्जली ब्यक्त गर्दै समावेदना पत्र हस्तान्तरण गरिएको टोल समितिका सभापति मोहोन कुमार राईले बताउनुभयो ।

तत्कालिन आँखिसल्ला गाविस वडा नं ५ निवासी हाल सहिदभुमि वडा नं.-६ ,एवाईटोल निवासी नेपाली कांग्रेसका अग्रज गुम्बासिंह राई नेपाली कांग्रेसको तर्फबाट २०५४ सालको आम निर्वाचनमा अत्याधिक मत ल्याई वडा सदस्य पदमा निर्वाचित हुनुभएका थियो ।

समावेदना पत्र हस्तान्तरण कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तथा नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राई, नेपाल तरुण दल सहिदभूमि गाउँपालिका सदस्य नरेश राई नेपाल तरुण दल सहिदभूमि गाउँपालिका वडा नं-६ का सदस्य हेमन्त राई, राजेश राई, चन्द्र कुमार राई नेपाली कांग्रेस सहिदभूमि-६ का सचिव उत्तम राई, टोल समितिका सल्लाहकार यज्ञ एवाई राई, टोल समिति सदस्य राम कुमार राई लगायतकाको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय