धनकुटा : धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा उद्योग बाणिज्य संघ, धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनले संयुक्त रुपमा जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई धनकुटा बजारमा ८० हजार ३५ रुपैया राहत संकलन गरिएको छ ।

संविधानसभा सदस्य लिला सुब्बा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ट उपाध्यक्ष मन कुमारी(तारा) तितुङ्ग, उपाध्यक्ष तथा धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट, धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष निर्मला राई, कावा महासचिव राम वहादुर रायमाझी, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका वरिष्ट उपाध्यक्ष विष्णु माया कन्दङ्वा, महासमिति सदस्य सिता श्रेष्ठ, धनकुटा होटल एशोसिएनका वरिष्ट उपाध्यक्ष भूषण श्रेष्ठ, उपाध्यक्ष डम्वर काफ्ले, धनकुटा नगर अध्यक्ष ज्ञानेन्द्र वस्नेत, धनकुटा नगर कार्यपालिका सदस्यहरु कृष्णमाया श्रेष्ठ, दिल कुमार राई, लेखा समिति संयोजक गोविन्द्र राई, धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य दुर्गा शिवा, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु सुनिता थापा, अम्विका धमला, व्यावसायिहरु निरुपा राई, जानुका सुन्दास, कला राई, सरस्वती लिम्बु, बाल कृष्णराज भण्डारी, मैया पौडेल, समाजसेवीहरु राधा बजगाई, कमला पाण्डे, सर्मिला वस्नेत, गोमा राय, धनकुटा उद्योग बाणिज्य संघका साहयक कार्यालय सचिव रिया भूजेल लगायतले धनकुटा बजारमा भूकम्प पीडितहरुका लागी राहत संकलन गर्नुृ भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटा उद्योग बाणिज्य संघ, धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनले संयुक्त रुपमा धनकुटा बजारमा बजार बासीहरु र धनकुटाका व्यापारीहरुसंग जम्मा ८० हजार ३५ रुपैयाँ रकम संकलन गरिएको धनकुटा उद्योग बाणिज्य संघ अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा र हिले बजारमा भूकम्प पीडितहरुका लागी संकलन गरिएको रकमको जानकारी दिन पत्रकार सम्मेलन गरी राहत रकम पठाईने धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले वताउनु भयो ।

धनकुटा र हिले बजारमा दुई दिनमा १ लाख ४२ हजार १ सय ४० रुपैष राहत रकम संकलन गरिएको धनकुटा उद्योग बाणिज्ज संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय