धनकुटा : धनकुटाको हिले बजारमा धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामा आज जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत संकलन कार्य भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाग, वरिष्ट उपाध्यक्ष मन कुमारी(तारा) तितुङ्ग, उपाध्यक्ष तथा धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट, धनकुटा उद्योग वाणिज्य संघका कावा महासचिव राम वहादुर रायमाझी, धनकुटा वितरक संघका अध्यक्ष विक्रम प्रधान, महासचिव विपिन थापा, सचिव गोविन्द दाहाल, सदस्य गणेश पौडेल, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य दिजेश शाक्य, राम घिसिङ्ग तामाङ, नगेन्द्र काफ्ले, हिले शाखाका होटल एशोसिएसन हिलेका अध्यक्ष यादव घिसिङ, सायक कार्यालय सचिव नवराज श्रेष्ठ सहितको टोलीले बजारमा राहत संकलन अभियानमा सहभागी भई राहत संकलन गर्नु भएको थियो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले समेत उक्त राहत संकलन टोलीलाई केही समयमा राहत संकलन गर्न सहभागी भई सहयोग गर्नु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा संयुक्त रुपमा हिले बजारमा हिले बजार बासीहरु र व्यापारीहरुसंग राहत संकलन कार्यक्रममा जम्मा ६२ हजार १ सय ५ रुपैया रकम संकलन गरिएको धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा धनकुटा बजारमा आज २१ गते भूकम्प पीडिहरुका लागी राहत संकलन गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय