धनकुटा : पर्डेप नेपालद्धारा आज धनकुटामा दशै, तिहार, नेपाल सम्वत, छट, मंसिरे पूर्णिमा लगायतका आउदै गरेको सबै चाड पर्वहरुको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद निरन राईले सबै नेपालीहरुले आपसी सभाव र एकता कायम गरी चाड पर्व मनाउदै गरेको वताउनु भयो ।

जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रि राईले सबै पर्वहरुले धनकुटाको विकासको निम्ति जिल्ला वासीहरुलाई सबै एकजुट बनाउने वताउनु हुदै शुभकामना व्यक्त गर्नु भयो भने धनकुटा नगरपालिकाका कार्यवहाक नगर प्रमुख हिमादेवी खनालले चाड पर्वले सबै नेपालीहरुमा उत्साह र उर्जा थपेको वताउनु भयो ।

पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेश प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा प्रदेश सभाका निर्वतमान सांसद कुसुम कुमारी श्रेष्ठ, भूमी आयोजक धनकुटका अध्यक्ष बल बहादुर राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं. ८ का अध्यक्ष रस वहादुर राई, वडा नं. ९ का वडाध्यक्ष टंक रोईला, नेपाल नेत्र ज्योती संघका केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाई, नेपाल रेडक्रस सोसाईटीका प्रदेश अध्यक्ष नरेन्द्र पोखरेल, सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निर वहादुर थापा लगायतले सबै चाड पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुलुकमा सवै प्रकारको संकट भएकोले संकटलाई अन्त्य गर्न सबै एकजुट हुने वताउनु भयो ।

पर्डेप नेपालका कार्यक्रम अधिकृत खिन्द्र अधिकारीले संचालन गर्नु भएको शुभकामना आदन प्रदान कार्यक्रममा पर्डेप नेपालका कार्यकारी निर्देशक मिन सुवेदी, पूर्व अध्यक्ष खेम घिमिरे, गैसस महासंघ धनकुटाका उपाध्यक्ष संगिता चापागाई, गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई, गैससकर्मी केदार दाहाल, यूवा समाजसेवीहरु वसन्त राई, युवा तिम्सिना, हुसाडेकका अध्यक्ष सरोज भूजेल, सचिव खेम लाम्मिछाने थापा, सूर्य सापकोटा, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल लगायत सवै सहभागीहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय