गौर : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको लंगौटी भएको  बताएका छन् ।

रौतहटको कटाहरिया नगरपालिकाको जमुनियामा आजपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले निर्वाचन आयोगले आफ्नो साख जोगाउन नसक्दा देशमा लोकतन्त्र कमजोर बनेको जीकिर गरे ।

संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोग आफै स्वतन्त्र एवम् निष्पक्ष हुनुपर्ने बताउदै अध्यक्ष साहले भागबन्डाबाट दलका कार्यकर्ता आयुक्तको रुपमा नियुक्त हुँदा नीति नियमभन्दा नेताको आदेशमा चल्ने गरेको आरोप लगाए ।

“लोकतन्त्रमा निष्पक्ष निर्वाचनको लागि जरुरी हुन्छ । निष्पक्ष निर्वाचन गराउनलाई नै संवैधानिक अंगको रूपमा निर्वाचन आयोग स्थापित छ । तर निर्वाचन आयोगको आयुक्तहरु दलिय भागबन्डाको आधारमा हुने गरेको छ” अध्यक्ष साहले भने, “जसको कारण आज निर्वाचन आयोग दलको लंगौटी भएको छ । निष्पक्ष ढंगले काम गर्नुको सट्टा आयुक्तहरु मालिकको आदेशमा काम गरेकोले लोकतन्त्र कमजोर भईरहेको छ ।”

कार्यक्रममा आजपा सचिव एवम् पूर्वसांसद समिना हुसेन, स्थायी कमिटी सदस्य एवम् कटहरिया नगरपालिकाका पूर्वमेयर सियाराम कुश्वाहा केन्द्रीय नेताहरु त्रिभुवन साह, संजय महतो, जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेल, प्रचार विभाग उपप्रमुख निवेश यादवलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय