धनकुटा : नेपाली कांग्रेस धनकुटाले आज दशै, तिहार, नेपाल सम्वत, छठ, मंसिरे पूर्णिमा लगायत सबै चाड पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरी धनकुटाको विकास र समृद्धीका लागी लाग्न सबैमा अनुरोध गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त शुभकामना आदन प्रदान कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, सल्लाहकार विकास प्रधान, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ, प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य, जिल्ल समन्वय समिति धनकुटाका प्रमुख तथा नेकपा एमाले धनकुटाका नेता निरेन तामाङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नेकपा एस धनकुटाका नेता मनोज राई, रास्वपा धनकुटाका संयोजक बालानन्द दाहाल, राप्रपा धनकुटाका उपाध्यक्ष टिका प्रसाद घिमिरे, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा नेपाल सास्कृतिक महासंघका महासचिव जोगेन्द्र(पानवाला) लगायतले सबै चाड पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।
उहाँहरुले चाड पर्वहरुले सबैमा एकता र सहकार्यको वातावरण निर्माण गर्न आर्शिवाद प्रदान गर्ने वताउनु भयो भने कार्यक्रमको उदेश्यमाथि र चाड पर्वको महत्वको वारेमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पार्नु भएको थियो ।
शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका उपभापतिहरु निर्मल ओझा, सुनिल डंगोल, सहसचिव राम वहादुर रायमाझी, कोषाध्यष सरस्वती मगर, प्रवक्ता खगेन्द्र घिमिरे, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु लितक महत, युवराज पराजुली, नेविसंघका केन्द्रिय सदस्यहरु करुणा कटुवाल, बिमर्शमान अमात्य, नेपाली कांग्रेस धनकुटा ख का क्षेत्रिय सभापति राजन पौडेल, क का उपभापति मिलन खडगी, धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, उपसभापति अभिषेश कर्माचार्य, सहिद भूमी पालिका कार्य समितिका सभापती टंक राई, महालक्ष्मी नगर कार्य समितिका उपसभापति हिक्मत भण्डारी नेपाली कांग्रेसका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, निर्वाचित जनप्रतिनिधिहरु, क्षेत्र, पालिका, वडाका सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाकाका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, उद्योगी, व्यावसायीहरुले एक आपसमा चाड पर्वको शुभकामना साटा साट गर्नु हुदै धनकुटाको विकास र समृद्धीका लागी सबै एकजुट हुने सबै चाड पर्वहरुले आर्शिवाद प्रदान गर्ने वताउनु भयो ।