काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका नेता ई. प्रमोद शाह ‘राणा’लाई आजपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
रास्वपाका सप्तरी जिल्ला अध्यक्ष रहेका साह सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका थिए । आजपा महासचिव उपेन्द्र साहले प्रमोद साहलाई पार्टीको केन्द्रीय सदस्यमा पार्टीले मनोनित गरेको जानकारी दिएका छन् ।
प्रमोद साहलाई केन्द्रीय सदस्यमा मनोनित भएको भन्दै आजपा महासचिव साहले उनलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
केही समय अघि रास्वपाका चितवन जिल्ला अध्यक्ष धर्मेन्द्र सापकोटा समेत रास्वपा परित्याग गरी आजपामा प्रवेश गरेका थिए । पछिल्लो समय रास्वपाका नेताहरु सो पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने क्रम बढेको आजपा केन्द्रीय कार्यालयका सचिव बालकृष्ण सापकोटाले बताए ।