धनकुटा : नेपाली कांग्रेस धनकुटाले मोरङ जिल्ला कांग्रेसका सभापती, नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री माननीय डिग वहादुर लिम्बुको आमा तथा नेपाली कांग्रेसका अभिभावक समाजसेवी हंसनुमा लिम्बुको तेस्रो पुण्य दिनमा आज लेटाङ्ग ६ गुवावारीमा श्रद्धाञ्जली कार्यक्रम गरी परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, कोशी प्रदेश कार्य समितिका सभापति उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्ता लगायत कांग्रेस नेताहरुको उपस्थितिमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव राम वहादुर रायमाझी, प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले मोरङ जिल्लाका नेपाली कांग्रेसका सभापती, नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई समवेदना पत्र प्रदान गरी हालै निधन हुनु भएकी उहाको स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
१०३ बर्षको उमेरमा निधन हुनु भएका कांग्रेसका अभिभावक समाजसेवी स्वर्गीय हंसनुमा लिम्बुको निधनले नेपाली काग्रेसलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, कोशी प्रदेश कार्य समितिका सभापति उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव राम वहादुर रायमाझी, प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर बहादुर बुढाथोकी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले वताउनु भयो ।
उहाँहरुले स्वर्गीय आमा हंसनुमा लिम्बू प्रति श्रद्धाञ्जली अर्पण समेत गर्नु भएको थियो ।