काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत दिने भएको छ । आज (सोमबार) बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले केन्द्रीय समितिको सहमती लिएर विश्वासको मत दिने निर्णय गरेको हो ।
नेकपा (एमाले) का ३९ सांसद र नेपाली कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आगामी बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।