काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का नेता तथा कार्यकर्ताहरुले आज पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना एंव घेराउ गरेका छन् ।
देशमा सरकारी वेतनभोगी कर्मचारीहरुमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आजपाले पछिल्लो समय धर्ना तथा विरोध प्रदर्शन जारी राखेको छ । त्यसकै निरन्तरतास्वरुप आजपाका नेता तथा कार्यकर्ताहरुले आज भन्सार विभाग घेराउ गरेका हुन् ।
यसअघि आजपाले गत भदौ ३१ गते ललितपुरको कुपण्डोलबाट विरोध र्याली निकालेर भन्सार विभागमा पुगी ज्ञापनपत्रसमेत बुझाएको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए । आफुहरुको माग पूरा नभए सम्म आन्दोलन जारी रहने उनले बताए ।
आज विरोध प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुमाथि भने प्रहरीले बल प्रयोग गरेको छ ।