धनकुटा : धनकुटा नगरपालिकामा संचालित दिगो तथा सम्मानीत रोजगारका लागी सीप परियोजना (इन्स्योर) अन्तर्गत आज लामो अवधिको तालिमको छनौटको लागी छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

धनकुटा नगरपालिकाका कार्यवहाक मेयर जम्शेर राईको अध्यक्षतामा भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा गत आर्थिक बर्ष २०७९÷ २०८०  धनकुटा नगरपालिकामा संचालित दिगो तथा सम्मानीत रोजगारका लागी सीप परियोजना (इन्स्योर) अन्तर्गत लामो अवधिको तालिम अन्तर्गत संचालन भैरहको गृल तालिम र कुक तालिमको समिक्षा गरी चालु आर्थिक बर्ष २०८०÷ २०८१ मा संचालन गरिने लामो अवधिको तालिमको  छनौटको वारेमा छलफल गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले वताउनु भयो ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले बजारमा माग भएको तालिम संचालन गरी तत्काल रोजगार तथा स्वरोजगार बनाउनु पर्नेमा जोड दिनु भयो ।

चालु आर्थिक बर्षमा धनकुटा नगरपालिकामा संचालित दिगो तथा सम्मानीत रोजगारका लागी सीप परियोजना (इन्स्योर) अन्तर्गत मोटर साईकल मर्मत तालिम, टेलिकम(टेलिफोन) तालिम र विकल्पमा पल्वर तालिम संचालन गर्नका लागी  सहभागीहरुले प्रस्ताव गर्नु भएको थियो ।

उक्त कार्यक्रममा धनकुटा नगरपालिकाका शिक्षा शाखाका प्रमुख नरेन्द्रमणी श्रेष्ठ र आर्थिक विकास अधिकृत विकास अधिकारीले सहजीकरण गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने परियोजनाको तर्फबाट सुशिल लिंखाले परयोजनाको वारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रशासन तथा योजना अनुगमन महाशाखाका प्रमुख सिताराम गौतम, धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाङ्दा तामाङ्ग, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ९ का वडाध्यक्ष टंक रोईला, वडा नंं १० का वडाध्यक्ष नगेन्द्र पाण्डे, धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, सामाजिक शाशा प्रमुख नुष राज श्रेष्ठ, योजना शाखाका विकाराम राई, गैसस महासंघका खिन्द्र अधिकारी, केदार दाहाल, उद्योगीहरु शैलेसमान श्रेष्ठ, काफ्ले, सल्भ नेपालका ज्योती प्रधान लगायतले सिप सिकेर रोजगार तथा स्वरोजगार बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय