धनकुटा : नेपाली कांग्रेसका प्रभावशाली यूवा नेता सांसद प्रदिप पौडेलले आज धनकुटामा पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्दै वडा, जिल्ला तह देखीनै अब कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको अभियान शुरु गर्नु पर्ने वताउनु भयो ।
नेपाली कांग्रेसका यूवा नेता भोजपुरको दिङ्लामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरी फर्कने क्रममा आज नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय सहिद भीम नारायण स्मृती भवनमा धनकुटा जिल्ला सदरमुकाममा उपलब्ध नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्दै वडा देखीनै रुपान्तरण र पुस्तान्तरणको अभियान शुरु गर्दै केन्द्र सम्म गर्नु पर्ने आवाश्यक रहेको वताउनु भएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका यूवा नेता सांसद प्रदिप पौडेलले नेपाली कांग्रेस यही स्थितिबाट अगाडी बढे सफलता प्राप्त गर्न नसक्ने भएकाले नेपाली कांग्रेस भित्र रुपान्तरण आवाश्यक भएकाले केन्द्रमा आफुहरुले वारम्वार आवाज उठाई रहेकोले अब वडा, पालिका, क्षेत्र र जिल्लाबाट सशक्त ढंगले रुपान्तरणका लागी अभियान संचालन गर्नु पर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य गंगाराम ढुंंगाना, पार्टी प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, जिल्ला सदस्य राजेन्द्र पौडेल, प्रदेश महाधिवेशन प्रतिनिधि ईश्वरी सुवेदी, स्वतन्त्र विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका सचिव सुवास खनाल, नेपाली कांग्रेस धनकुटा वडा नं. १ का सभापती विर वहादुर तितुङ्ग, भैरवा पाचकोटी र विद्यार्थी नेताहरु लगायतले नेता तथा सांसद पौडेललाई धनकुटा कांग्रेसको अवस्था र पार्टी सुदृढीकरणको वारेमा जानकारी दिनु भएको थियो ।
उहाँहरुले नेता प्रदिप पौडेललाई आशा र भरोसाका युवा नेताहरुले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको गर्नका लागी नेतृत्व गर्न अनुरोध गर्नु भएको थियो भने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई लगायतका जिल्ला नेताहरुले नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद प्रदिप पौडेलाई पार्टी कार्यालयमा स्वागत गर्नु भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।