काठमाडौं : अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले कडा आपत्ति जनाएका छन् । मंगलबार पुल्चोक क्याम्पसका ६ जना बिभागिय प्रमुखले बिज्ञप्ति निकाल्दै बिध्यार्थी संगठनहरुलाई क्याम्स चलाउ भनेकोमा मैनालीले प्रतिवाद गरेका हुन् ।
मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छ्न । ‘ईन्जिनियरिङ अध्ययन संस्थान’ हो कि ‘एकान्तकुनाको यातायात कार्यालय’ ? बस व्यबसायीसंघ संचालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडे बडे कुर्सिमा बस्नेहरु! लाज ढाक्नुस!!” उनले भनेका छन् , “प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो ! गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ?” हरेक बर्ष झैं प्रवेश परिक्षाकाबेला बिभिन्न समश्या देखाउँदै समयमा परिक्षा लिन असफल आइओई प्रशासन यसपाली पनि महिनौंदेखी समस्यमा रुमल्लिएको छ ।
मैनालीले बिभागिय प्रमुखहरुको कदमलाई गैर जिम्मेवारीपनको हद भनेका छन् । लामो समयदेखी शुल्क बृद्धिसँग सम्बन्धि बिबादमा अल्झिएको आइओई ले यो बर्ष प्रवेश परिक्षा सँचालन गर्न नसक्दा अभिभावक सहित करिव १५००० बढी बिध्यार्थी चिन्तित छन् भने मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै बिध्यार्थी बिदेशी विश्वबिध्यालयमा जानेक्रम तिब्र भएको छ ।