धनकुटा : धनकुटा नगरपालिकामा भरखर सरुवा भै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईलाई आज धनकुटाका पत्रकारहरुले सम्मान गर्दै स्वागत गरी सफल कार्यकालको लागी शुभकामना दिएका छन् ।

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाको सभा हलमा कार्यक्रमको आयोजना गरी धनकसटा नगरपालिकामा भरखर सरुवा भै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईलाई धनकुटाका पत्रकारहरुले सम्मान गर्दै स्वागत गरी सफल कार्यकालको लागी शुभकामना दिएका हुन् ।

बेलका नगरपालिका उदयपुरबाट तिन दिन अघि मात्र धनकुटा नगरपालिकामा सरुवा भै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लाई नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, नेपाल पत्रकार धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, वर्तमान अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, सचिव हरी लम्जेल, सहसचिव इश्वर थापा, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, सचिव सन्देश सुब्बा, किरात पत्रकार संघका केन्द्रिय सदस्य नरेन्द्र कस्चित, पूर्व केन्द्रिय सदस्य टि एल राई, धनकुटाका अध्यक्ष सर्मिला राई, सचिव जयन्ती राई, फोनिज धनकुटाका उपाध्यक्ष मानवी मोक्तान लगायत धनकुटाका पत्रकारहरुले खादा माला टिका लगाई दिई फेटा लगाई दिई सम्मान गरी स्वागत गर्नु भएको थियो ।

सो अवसरमा धनकुटाका पत्रकारहरुले धनकुटा नगरपालिकामा सरुवा भै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत राईले धनकुटा नगरका जनप्रतिनिधि ज्यूहरु र पत्रकारबन्धुहरु र सबै धनकुटाका नगरवासीहरुसंंग सहकार्य र समहमतिका साथ सबैको सहयोगमा धनकुटा नगरको विकास र समृद्धीको लागी काम गर्ने वताउनु भयो ।

यसैगरी किरात राई पत्रकार संघको १६ औ स्थापना दिवस धनकुटाका अध्यक्ष सर्मिला राईको अध्यक्षतमा भएको र कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, किरात राई पत्रकार संघका केन्द्रिय सदस्य नरेन्द्र कस्चित, पूर्व केन्द्रिय सदस्य टि एल राई, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, नेपाल पत्रकार धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, वर्तमान अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागी सबैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य किरात राई पत्रकार संघका सचिव जयन्ती राईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सदस्य अनिता राईले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय