धनकुटा : धनकुटामा अला्हपा मेडिकल मिसन अमेरीका र नेपालको विभिन्न स्थानबाट विशेषज्ञ चिकित्सकहरुको टोलीलाई आज १४ दिन पछी फेरी भेटौला भन्ने बाचाका साथ भब्य विदाई गरेको छ ।
गरिव असाहय र पहुच विहिनहरुको धनकुटा अस्पतालमा गत भाद्र ३१ गते धनकुटा आउनु भई अशोज १ गते देखी अशोज १२ गत सम्म निरन्तर शरुपमा नि:शुल्क शल्यक्रिया गरी फकिन लाग्नु भएका अलोहवा मेडिकल मिसन अमेरीका र नेपालको विभिन्न स्थानबाट आउनु भएको चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको टोलीलाइ आज धनकुटा अस्तपालबाट फेरी भेटौला भन्ने बचनका साथ भव्य विदाई आयोजक समितिले गरेको छ ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबाट आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जना र नेपालका विभिन्न स्थानबाट १३ जना गरी ५४ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीलाई धनकुटावासीको तर्फबाट वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, मुल आयोजक समितिका सचिवालय सदस्यहरु विजय सन्तोषी राई, पुरेन्द्रलाला श्रेष्ठ, दोर्ण प्रसाद गुरागाई, दिनेश अमात्य, शम्भु प्रधान, रत्न दर्माली, विष्णु माया कन्दङ्गवा, देवेन्द्र प्रधान, आर्थिक समितिका सदस्य उर्गेन शाक्य, विदाई समितिका सदस्य रेणु श्रेष्ठ, निर्मला वहिन लगायतले नेपाली ढाकाको टोपी, दोसल्ला ओढाएर बिदाई गर्नु भएको थियो ।
उक्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीलाई टिका माला समेत लगाई दिई नेवारी सगुन खुवाएर दुई बर्ष पछी फेरी भेटौला भन्न बाचाका साथ भव्य रुपमा बिदाई गरिएको हो ।
धनकुटा अस्पतालमा १२ दिन सम्म संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर २२ सय ४९ जनाले नाम दर्ता गरेकोमा १७ सय ७३ जनाको उपचार भएकोमा स्क्रिनिङ्ग ९ सय २३ जनाको भएको जटिल शल्यक्रिया १ सय ४७ जनाको र माईनर २ सय ७ जनाको पायल्सको शल्यक्रिया २सय ७९ जनाको र दाँतको उपचार ५६६ जनाको उपचार भएको र ५ जनालाई क्रितिम हात जडान गरेको शिविर संचालन सचिवालय समितिका सदस्य तथा सूचना अधिकारी विजय सन्तोषी राईले वताउनु भयो ।
सो अवसरमा धनकुटाबासीहरुको तर्फबाट दुई बर्ष पछी पनि धनकुटामा यस प्रकारको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर गर्न अलोहवा मेडिकल मिसन अमेरीकालाई मुल आयोजक समितिका तर्फबाट अनुरोध गरिएको थियो ।
२०६७ साल देखी धनकुटामा यस पटक सम्म गरी ६ पटक र लाहानमा २ पटक गरी नेपालमा यस प्रकारको वहृत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर ८ पटक भैसकेको छ ।