धनकुटा : गरिव असाहय र पहुच विहिनहरुको धनकुटा अस्पतालमा १२ दिन सम्म निरन्तर शल्यक्रिया गरी उत्कृष्ट कार्य गरेकोमा अलोहवा मेडिकल मिसन अमेरीकाबाट र नेपालको विभिन्न स्थानबाट आउनु भएको चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको टोलीलाई धनकुटाबासीहरुले आज प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।
अलहोवा मेडिकल मिसन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जना र नेपालका विभिन्न स्थानबाट १३ जना गरी ५४ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीलाई धनकुटावासीको तर्फबाट सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको हो । उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा उहाहरुले पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड , गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गर्नु भएको मुल आयोजक सचिवालय समितिका सूचना अधिकारी विजय सन्तोषी राईले वताउनु भयो ।
वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, संविधान सभाका सदस्य वरिष्ठ समाजसेवी मनोहर नारायण श्रेष्ठ, पूर्वमन्त्री तथा राष्ट्रपतिका सल्लाहकार सुनिल वहादुर थापा, संविधान सभा सदस्य लिला सुब्बा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रयम पौडेल, प्रदेश सभाका पूर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, भीमदल गणका कर्णेल सुमन थापा, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका डि एस पी सुदन भारती, जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राज महर्जन, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, धनकुटा अस्पतालका प्रमुख डां अमिताप ठाकुर, पूर्व डि आई जी दिनेश अमात्य लगायतले अलहोवा मेडिकल मिसन हवाई अमेरिकाबाट आउनु भएका टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ५४ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र र मायाको चिनो र किताव प्रदान गर्नु भएको थियो ।
धनकुटा अस्पतालमा १२ दिन सम्म संचालन भैरहेको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर २२ सय ४९ जनाले नाम दर्ता गरेकोमा १७ सय ७३ जनाको उपचार भएकोमा स्क्रिनिङ्ग ९ सय २३ जनाको भएको जटिल शल्यक्रिया १ सय ४७ जनाको र माईनर २ सय ७ जनाको पायल्सको शल्यक्रिया २सय ७९ जनाको र दातको उपचार ५६६ जनाको उपचार भएको र ५ जनालाई क्रितिम हात जडान गरेको शिविर संचालन सचिवालय समितिका सदस्य तथा सूचना अधिकारी विजय सन्तोषी राईले वताउनु भयो ।
वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको सम्मान कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व मन्त्री सुनिल वहादुर थापा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सो शिविर गरिव असाहय र पहुच विहिनहरुका लागी वरदान सावित भएकोले आगामी बर्षहरुका पनि धनकुटामानै संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।