
धनकुटा : धनकुटा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज ११ औं दिनमा राष्ट्रपतिका सल्लाहकार पूर्वमन्त्री सुनिल वहादुर थापाले स्थलगत रुपमा अनुगमन गरी समिक्षा कार्यक्रममा सहभागी भई शिविर ज्यादै उपयोगी रहेको वताउनु भयो भने पूर्व मन्त्री थापाको पहलमा जापानीज दुतावासको सहयोगमा धनकुटा अस्पतालमा जठान भएको अक्सिजन प्लान्टले शल्यक्रिया भएका विरामीहरुका लागी जिवनदान भएको छ ।
राष्ट्रपतिका सल्लाहकार पूर्वमन्त्री सुनिल वहादुर थापाले वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा शल्यक्रिया गराउनु भएका विरामीहरुको अवस्थाको वारेमा धनकुटा अस्पतालका भएका विरामीहरुसंग भेटघाट गरी प्रत्यक्ष रुपमा जानकारी दिई शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका सल्लाहकार पुण्य विक्रम पौडेलको अध्यक्षतमा सम्पन्न भएको उक्त समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभाका पूर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, भीमदल गणका कर्णेल सुमन थापा, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका डि एस पी सुदन भारती, जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राज महर्जन, शिविर आर्थिक समितिका संयोजक दोर्ण गुरागाई, सदस्य उर्गेन शाक्य, शिविर मुल आयोजक समितिका सदस्यहरु विष्णु माया कन्दङ्गवा, विजय सन्तोषी राई, पुरेन्द्रलाल श्रेष्ठ, शम्भु प्रधान, देवेन्द्र प्रधान, समाजसेवी मिन वहादुर कार्की, सचिवालय समितिका संयोजक रत्न दर्लामी लगायतले शल्यक्रिया स्वास्थ्य शिविर संचालनमा सबैको सहयोग रहेको वताउनु भयो ।
धनकुटा अस्पतालमा संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा ११ औं दिन मेजर १२ जना, माईनर २२ जना पायल्स ३५ जनाको शल्यक्रिया भएको र ४५ जनाको दाँतको उपचार भएको मुल आयोजक समिति सचिवालय समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका सयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
पूर्वमन्त्री सुनिल वहादुर थापाको पहलमा जापानीज दुतावासको सहयोगमा केही बर्ष अघि धनकुटा अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट कोभिडको माहमारीको बेला केभिडका विरामीहरुले जिवनदान प्राप्त गरेकोमा यस पटकको वृहत शल्यक्रिया स्वास्थ्य शिविरका विरामीहरुका लागी समेत जिवनदान प्राप्त गरेको र आयोजकलाई अक्सिजन खरिद गर्न र ढुवानीमा ठूलो खर्च समेत जोगिएको शल्यक्रिया गरेका विरामीहरु र आयोजकहरुले वताएका छन् ।