
धनकुटा : धनकुटामा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज १० औं दिन आज १४२ जनाको उपचार भएको छ भने आजै दशौ दिनको अनुगमन गरी समिक्षा कार्यक्रम सम्पन्न भयो ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका विजय सन्तेषी राईले ताउनु भयो ।
नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका सह संयोजक तथा सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधानको अध्यक्षतमा सम्पन्न भएको समिक्षा कार्यक्रममा भीमदल गणका मेजर राज कुमार पुन, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका प्रहरी निरिक्षक सुरज केसि, आर्थिक समितिका संयोजक दोर्ण गुरागाई सदस्य उर्गेन शाक्य, शिविर मुल आयोजक समितिका सदस्यहरु विष्णु माया कन्दङ्गवा, विजय सन्तोषी राई, पुरेन्द्रलाल श्रेष्ठ, स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी लगायतले शल्यक्रिया स्वास्थ्य शिविरको अनुगमन गरी शिविरले लक्षित बर्गलाई महत्वपूर्ण सहयोग पुगेको वताउनु भयो ।
समिक्षा कार्यक्रममा नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले शिविर संचालन सम्वन्धि जानकारी गराउनु भएको थियो ।
धनकुटा अस्पतालमा संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा १० औं दिन मेजर १५ जना, माईनर २१ जना पायल्स ३७ जनाको शल्यक्रिया भएको र ६४ जनाको दातको उपचार भएको मुल आयोजक समिति सचिवालय समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।