धनकुटा : धनकुटामा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज ९ औं दिनको अनुगमन गरी समिक्षा कार्यक्रम सम्पन्न भयो । भने आज ९ औं दिनको दिन ९२ जनाको शल्यक्रिया र ५१ जनाको दाँतको उपचार भएको छ ।

सो अवसरमा मुल आयोजक समितिका सयोजक रोशेष श्रेष्ठ र अलोहवा मेडिकल मिसिनका टिम लिडर डां विकास गुप्ताले अहिले सम्म शिविर संचालनको अवस्था र बाँकी दिनको शिविरको वारेमा जानकारी गराउनु भएको थियो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतमा सम्पन्न भएको समिक्षा कार्यक्रममा संविधान सभा सदस्यहरु मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, भीमदल गणका गणपती कर्णेल सुमन थापा, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, सशस्त्र प्रहरी बल छिन्ताग गुल्मका गुल्मपती सुर्दशन भारती जल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक होम प्रसाद भारती, धनकुटा अस्पतालका प्रमुख डा. अमिताम ठाकुर, अमित शाह, मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, सचिवालय सदस्य नरेन्द्र पोखरेल, विष्णु माया कन्दङ्गवा, विजय सन्तोषी राई, स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, आयोजक समितिका, दवेन्द्र प्रधान, आर्थिक समितिका सदस्य उर्गेन शाक्य, समाजसेवीहरु रोशनराज अमात्य, सुमना तिम्सिना, लगायतले गरि तथा पहुच विहिनहरुका लागी शिविर ज्यादै उपयोगी भएको वताउनु भयो ।

धनकुटा अस्पतालमा संचालन भैरहको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरको आज ९औं दिन धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, छथरजोरपाटीका अध्यक्ष छत्र सुब्बा, समाजसेवी मिन वहादुर कार्की लगायतले शिविरको अनगुमनगरी शल्यक्रिया भएका विरामीहरुको स्वास्थ्य उपचारको वारेमा जानकारी लिनु भएको थियो ।

धनकुटा अस्पतालमा संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा ९ औं दिन मेजर १८ जना, माईनर २६ जना पायल्स ४८ जनाको शल्यक्रिया भएको र ५१ जनाको दाँतको उपचार भएको मुल आयोजक समिति सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली रकाठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय