धनकुटा : धनकुटामा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज सातौ दिन सवैभन्दा बढी शल्यक्रिया भएको छ । आजै सातौ दिनको शल्यक्रिया स्वास्थ्य शिविरको पनि अनुगमन गरी समिक्षा भएको छ ।
धनकुटा अस्पतालमा संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा आज सातौ दिन अरु दिन भन्दा बढी शल्यक्रिया भएको हो । आज मेजर शल्यक्रिया १४ जनको, मानईर २६ जनाको र दाँतको उपचार ६० जनाको भएको मुल आयोजक समिति सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।
संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटा जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का सांसद निरन राई, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, नेकपा एमाले धनकुटा नगर समितिका अध्यक्ष अर्जुन छारा, मदन वस्याल, मुल आयोजक सचिवालय सदस्यहरु विजय सन्तोषी राई, विष्णु माया कन्दङ्गवा, पुरेन्द्रलाल श्रेष्ठ, धनकुटा नगरपालिका कार्यालय वातारढा शाखका प्रमुख उपेन्द्र खनाल लगायतले अनुगमन गरी शल्यक्रियाको अनुगमन गरी शल्यक्रिया भएका विरामीहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी दिनु भएको थियो ।
प्रदेश सभा निर्वाचन क्षेत्र नंं १ धनकुटाका सांसद निरन राईको अध्यक्षतमा सम्पन्न भएको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका मेयर ध्र्रुवराज राय, मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई, आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठ, सदस्य दवेन्द्र प्रधान, आर्थिक समितिका सदस्य उर्गेन शाक्य लगायतले शल्यक्रिया स्वास्थ्य शिविर दिन प्रतिदिन ज्यादै उपलब्ली मुलुक बन्दै गएकोले लक्षित वर्गलाई सेवा प्रदान गर्न सवैले सहयोग गर्नु पर्ने वताउनु भयो ।
सो अवसरमा मुल आयोजक समितिका सयोजक रोशेष श्रेष्ठ र अलोहवा मेडिकल मिसिनका टिम लिडर डा विकास गुप्ताले अहिले सम्म शिविर संचालनको अवस्था र भावी कार्यक्रमको सम्वन्धमा प्रकाश पार्नु भएको थियो ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।