धनकुटा : धनकुटामा  अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज प्रतिनिधि सभाका सदस्य पूर्वमन्त्री राजेन्द्र राई सहित अनुगमन समितिद्धारा अनुगमन गरी समिक्षा गरेको छ ।

धनकुटा जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री राजेन्द्र राई, संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका सदस्य निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, भीमदल गणका गणपती कर्णेल सुमन थापा, पूर्व डि आई जी दिनेश अमात्य, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपती सुर्दशन भारती, जिल्ला समन्वय समितिका पूर्व प्रमुख टंक चुवान, राष्टिय अनुसन्धान धनकुटाका प्रमुख सविना राई, प्रहरी कार्यालय धनकुटाका निमित्त प्रमुख होम अधिकारी, मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, प्रदेश रेडक्रसका सभापती नरेन्द्र पोखरेल, सचिवालय सदस्यहरु विजय सन्तोषी राई, विष्णु माया कन्दङ्गवा, पुरेन्द्रलाल श्रेष्ठ, धनकुटा नगरपालिका कार्यालय वातारढा शाखका प्रमुख उपेन्द्र खनाल, अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोल लगायतले अनुगमन गरी विरामीहरुको शल्यक्रिया गरेको र  शल्यक्रिया गरेका विरामीहरुको अवस्थाको वारेमा जानकारी दिनु भएको थियो ।

सो अवसरमा पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले धनकुटामा संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरले यस क्षेत्रका जनतालाई ठूलो राहत प्राप्त भएको वताउनु भयो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतमा सम्पन्न भएको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व प्रदेश सभाका सदस्य कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, आयोजक समितिका सदस्य   दवेन्द्र प्रधान, डाक्टर अमित भण्डारी लगायतले शिविरबाट अत्यधिक विरामीहरुले सेवा लिने वातावरण बनाउन सबैले सहयोग गर्नु पर्ने वताउनु भयो ।

सो अवसरमा मुल आयोजक समितिका सयोजक रोशेष श्रेष्ठले शिविर संचालनको अवस्था र भावी कार्यक्रमको सम्वन्धमा प्रकाश पार्नु भएको थियो । पहुच विहिन र गरिव तथा असाहय  लागी धनकुटा अस्पतालमा संचालन भैरहेको बृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पाचौ दिन   सामान्य २४ जनाको, जटिल १४ जनाको र  फिस्टुला १० जना  को  शल्यक्रिया भएका र ६० जनाको दाँतको उपचार भएको शल्यक्रिया शिविर मुल व्यवस्थापन सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार  गरिरहनु भएको  ओलहोवा मेडिकल मिसन अमेरिकाबाट आउनु भएका टिम लिडर डा.विकास गुप्ताले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय