–नरेन्द्र कश्चित
काठमाडौं : बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा धनकुटाका कोशी प्रदेश सांसद इन्दिरा थापा चयन हुनुभएको छ । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको काठमाडौमा विहीबार बसेको साधारण सभाबाट धनकुटाका कोशी प्रदेश सांसद थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जय बहादुर टन्डन, महासचिबमा डा.विजय मिश्र र कोषाध्यक्षमा राजन खत्री चयन हुनभएको छ । त्यस्तै सदस्यहरुमा प्रा.डा.बिपिन अधिकारी, प्रा.डा.जिवराज पोख्रेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, हरि ढुंगाना, डा.तुलसी गौतम, मेयर बसन्त बस्नेत र इलामका क्रियाशील युवा निस्कल राई चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिको हिजो बसेको बैठकले ७७ वटै जिल्ला र सातवटै प्रदेशमा बीपी संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सभाको बैठकले पहिलो चरणमा जिल्ला स्तरीय संवाद अन्तर्गत धनकुटा र प्रदेशस्तरीय अन्तर्गत कोशी प्रदेशको इटहरीमा वीपी संवाद कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरिएको बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालका अध्यक्ष थापाले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय