धनकुटा : धनकुटामा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको समिक्षा कार्यक्रम सम्पन्न गरी शिविरलाई अझ व्यवस्थित बनाउदै सेवा प्रवाह गर्दै जाने निर्णय भएको छ ।
धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतमा सम्पन्न भएको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व प्रदेश सभाका सदस्य कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, भीमदल गणका गणपती कर्णेल सुमन थापा, सशस्त्र प्रहरी बल छिन्ताग गुल्मका गुल्मपती सुर्दशन भारती, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख सविना राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रमुख होम प्रसाद भारती, धनकुटा अस्पतालका प्रमुख डा. अमिताम ठाकुर, अमित शाह, मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ, सचिवालय सदस्य नरेन्द्र पोखरेल, विष्णु माया कन्दङ्गवा, विजय सन्तोषी राई, प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठ, दवेन्द्र प्रधान, डाक्टर अमित भण्डारी लगायतले शिविरलाई अझ व्यवस्थित गर्दै सेवा अझ प्रभावकारी बनाउदै सेवा प्रदान गर्ने वताउनु भयो ।
सो अवसरमा मुल आयोजक समितिका सयोजक रोशेष श्रेष्ठले शिविर संचालन भएदेखीको शिविरको वारेमा र अव बाँकी दिनको शिविरको कार्यक्रमको सम्वन्धमा प्रस्तुत गर्नु भएको थियो भने पहुच विहिन र गरिव तथा असाहय लागी धनकुटा अस्पतालमा संचालन गरिएको बृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा हाल सम्म सामान्य ५२ जनाको, जटिल ३९ जनाको र पायल्स ३४ जना गरी जम्मा ५० जनाको तेस्रो दिन शल्यक्रिया भएको १६३ जनाको दातका उपचार भएको शल्यक्रिया शिविर मुल सचिवालय सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिरहनु भएको मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
समिक्षा कार्यक्रम पछी धनकुटा अस्पतालमा शल्यक्रिया स्वास्थ्य शिविरको संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ, जिल्ला समन्य समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, कर्णेल सुमन थापा, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख सविना राई लगायतका टोलीले धनकुटा अस्पतालका संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरको अनुगमन गरी शल्यक्रिया भएका विरामीहरुको स्वास्थ्य अवस्थाको वारेमा समेत जानकारी दिनु भएको थियो ।