धनकुटा : धनकुटामा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको तेस्रो दिन जटिल तथा समान्य गरी ५० जनाको शल्यक्रिया भएको थियोे ।

पहुच विहिन र गरिव तथा असाहय लागी धनकुटा अस्पतालमा संचालन गरिएको वहृत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सामान्य २० जनाको, जटिल १२ जनाको र पायल्स १६ जना गरी जम्मा ५० जनाको तेस्रो दिन शल्यक्रिया भएको ४४ जनाको दातका उपचार भएको शल्यक्रिया शिविर मुल सचिवालय सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यकिक्रया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिरहनु भएको मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।

वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा भएको तेस्रो दिनको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, भीमदल गणका गणपती कर्णेल सुमन थापा, सचिवालय सदस्य विष्णु माया कन्दङ्गवा, प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठ, दवेन्द्र प्रधान, डाक्टर अमित भण्डारी लगायतले शिविरलाई अझ व्यवस्थित गर्न सवैको सहयोग आवाश्यक रहेको वताउनु भयो ।

आजै धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, कर्णेल सुमन थापा लगायतका टोलीले धनकुटा अस्पतालका संचालन भैरहेको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरको अनुगमन गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय