धनकुटा : धनकुटामा अस्पतालमा संचालन भैरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज दोस्रो दिन ५१ जना दातको उपचार सहित जटिल तथा समान्य गरी १८ जनाको शल्यक्रिया भयो ।

गरिव तथा असाहय र पहुविहिनहरुका लागी आज देखी वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा अस्पतालमा संचालन भैरहेको शिविरमा ५१ जनाको दातको उपचार भएको र जटिल मेजर ७ जनाको र समान्य ११ जनाको शल्यक्रिया भएको र मेजर तथा समान्य र दातको गरी २ सय २१ जनाको शल्यक्रियाको लागी स्क्रिनिङ्ग भएको मुल आयोजक समितिका सचिवाल सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।

अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा भैरहेको वृहत निशुल्क स्वास्थ्य शिविरलाई अझै व्यवस्थित र प्रभावकारी बनाईने आज आयोजित शिविरको समिक्षमामा मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।

वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा भएको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटका निमित्त प्रमुख होम प्रसाद अधिकारी, धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोल, सचिवालय सदस्य विष्णु माया कन्दङ्गवा,प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, समाजसेवी गोविन्द राई, सरिन प्रधान, संचारकर्मीहरुले शल्यक्रिया स्वास्थ्य शिविर गरिव असायहरुका लागी वरदान सावित हुदै गएकोले यसलाई अझै व्यवस्थित गर्न सवैको सहयोग आवाश्यक रहेको वताउनु भयो ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाडौं र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत नि:शुल्क शल्यकिक्रया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिरहनु भएको मुल आयोजक समितिका सचिवालय सदस्य विजय सन्तोषी राईले वताउनु जानकारी दिनु हुदै शिविरका अहिले भैरहेको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय