धनकुटा : धनकुटामा गरिव तथा असाहय र पहुविहिनहरुका लागी आज देखी वहृत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा अस्पतालमा शुरु भएको छ ।
अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा आज देखी शुरु भएको वृहत नि:शुल्क स्वास्थ्य शिविरको आज एक समारोहको विच राष्ट्रपतिका राजनैतिक सल्लाहकार पूर्व मन्त्री सुनिल वहादुर थापा, अलोहवा मेकिल मिसिनका टि लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता, डा.ब्राल्डी वाङ्ग, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा भीम दल गणका प्रमुख सेनानी सुमन थापा, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपती सुदन प्रसाद भारती, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक होम प्रसाद अधिकारी, जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. अमिताम, अलहोवा मेडिकल मिसिनका सुरज थापा, हितेश कार्की, पुरेन्द्रलाल श्रेष्ठ, आर्थिक समितिका संयोजक दोर्ण प्रसाद गुरागाई, प्रचार समितिका संयोजक नगेन्द्र राई, स्वयम सेवक समितिका संयोजक शभ्भु प्रभान, रक्त संचार तथा एमबुलेन्स समितिका संयोजक नरेन्द्र पोखरेल, आयोजक समितिका सदस्य विष्णु माया कन्ङवा, देवेन्द्र प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी, समाजसेवी असित नर सिंह थापा, मिन कार्की, ज्योती प्रधान, रेणु कार्की प्रधान, लिलम थापा, टिका प्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका सचिवालय सदस्य विजय सन्तोषी राईले वृहत नि:शूल्क स्वास्थ्य शिविरको उदेश्य र विगतमा भएको शिविरको वारेमा जानकारी गराउदै पूर्वी पहाडी जिल्लाहरुका गरिव तथा असाहय र पहुच विहिन विरामीहरुको लागी यो शिविरले जिवन दान दिने वताउनु भयो ।
धनकुटा अस्पतालमा शुरु भएको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर को आज पहिलो दिन १ सय ४१ जना विभिन्न रोगहरुका विरामीहरुको शल्यक्रियाका लागी स्क्रिनिङ भएको, ३७ जनाको दाँतको उपचार भएको र भोलीका लागी १४ जना विभिन्न रोगका मेजर शल्यक्रियाको लागी तयारी गरिएको शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
उक्त वृहत नि:शुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड’ गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।