धनकुटा : धनकुटाको शहरी उस्थानशीलता मार्ग चित्र विषयमा धनकुटा उद्योग बाणिज्य संघका पदाधीकारी तथा सदस्यहरु र यू एन डि पी का परार्मश दाताहरु विच आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा यू एन डि पी का परामर्शदाताहरु डा. अजय चन्द्र लाल, डा. वसन्तराज अधिकारी र प्रवल दाहाल, धनकुटा नगरपालिकाक कर्यालयका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले कृषी पर्यटन, उद्योग, व्यापार र पर्यटनबाट धनकुटाको समृद्धी हुने वताउनु भयो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कार्यवहाक महासचीव राम वहादुर रायमाझी, नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, कार्यालय सचिव मातृका राई लगायतले धनकुटाको उद्योग व्यापार र व्यावसायको अवस्था चुनौती र संभावनाको वारेमा आ आ-आफ्नो धारणा राख्नु भएको थियो ।

उहाँहरुले धनकुटाको शहरी उस्थानशीलता मार्ग चित्र सबै सरोकारवालाहरुसंग व्यापक छलफल गरी बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय