![](https://missionnepalkhabar.com/wp-content/uploads/2023/09/IMG_20230912_203145.jpg)
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्रले सुवास नेम्वाङको निधनबाट देशले पाका कम्युनिष्ट नेता र राजनीतिज्ञ गुमाएको टिप्पणी गरेका छन् ।
संविधान सभा सदस्य, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका नेम्वाङको आज हृदयघातबाट निधन भएको थियो । नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि चन्द एमाले पार्टी कार्यालय च्यासल पुगेका थिए ।
विप्लवले सामाजिक सञ्जालमा भनेका छन् ‘देशले पाका कम्युुनिस्ट नेता तथा रानीतिज्ञ गुमाएको छ। पूर्वसभामुख एवं नेकपा (एमाले) का नेता कमरेड सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली । साथै परिवारजन र एमाले प्रति गहिरो समवेदना ।’