धनकुटा : धनकुटा जिल्लामा भरखर सरुवा भै आउनु भएका धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पुन्यविक्रम पौडेलसंग आज धनकुटा उद्योग बाणिज्य संघले धनकुटा उद्योग व्यापार तथा व्यावसाय प्रबर्द्धनका लागी छलफल गरेको छ ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघले काभ्रेपलाञ्चोक जिल्लको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भै आउनु भएको धनकुटाको नयाँ प्रमुख जिल्ला अधिकारी पौडेललाई स्वागत गर्दै सफल कार्यकालको लागी शुभकामना समेत दिएको छ ।
आर्थिक मन्दीका कारण चर्को समस्यामा रहेको धनकुटाको व्यापार तथा व्यावसायलाई प्रवद्धन गर्नका लागी भरखर सुरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलाई धनकुटाको उद्योग व्यापार र व्यावसायको वारेमा धनकुटा उद्योग बाणिज्य संघ अध्यक्ष विजय सन्तोषी राई, वरिष्ट उपाध्यक्ष मन कुमारी तितुङ्ग, कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी, रिदम श्रेष्ठ र सदस्य गंगा गुरुङ्ग, कार्यालय सचिव मातृका राईले जानकारी गराउनु भएको थियो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पौडेलले धनकुटाको उद्योग व्यापार र व्यावसाय क्षेत्रको संवद्धन र प्रवद्धनका लागी संगै मिलेर काम गर्ने वताउनु भयो ।
सो अवसरमा सरुवा भई भरखर मात्र धनकुटा आउनु भएका जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ट उपाध्यक्ष मन कुमारी तितुङ्ग, कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी, रिदम श्रेष्ठ र सदस्य गंगा गुरुङ्ग, कार्यालय सचिव मातृका राईले पवित्र रुदाक्षको माला, ढाकाको गलवन्दी लगाई दिई स्वागत गर्दै सपल कार्यकालको लागी शुभकामना दिनु भएको थियो ।