धनकुटा : वि पी जयन्तीको अवसरमा आज धनकुटामा नेपाल तरुण दल धनकुटाले अन्र्तत्रिया कार्यक्रम र नेपाल महिला संघ धनकुटाले अनाथ बाल बालिकाहरुलाई खाद्यान्न तथा पोशाक वितरण गरेको छ ।
नेपाल तरुण दल धनकुटाद्धारा आयोजना गरिएको वि पी र तरुण विषयक अन्र्तक्रिया कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले परिर्वतन र निर्माणको शक्ति तरुण भएको वताउनु भयो ।
नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, कमोट फागु, नेपाल तरुण दलका केन्द्रिय सदस्य यूवराज पराजुली, नेपाली कांग्रेस धनकुटका जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिव राम वहादुर रायमाझी, पाख्रिवास नगर प्रमुख ज्ञान वहादुर गुरुङ्ग, सागुरीगढीका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउपालिका अध्यक्ष छत्र सुब्बा, महासमिति सदस्य सुमना तिम्सिना, सिता प्रधान, टिका भण्डारी, नेपाली काग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठ, पाख्रिवास नगरका सभापती प्रेम भण्डारी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विमर्शमान अमात्य, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल द्यिार्थी संघ धनकुटका अध्यक्ष क्रान्तिराज पौडेल लगायतले तरुण दल कांग्रेसका जग अनी विश्वास र भरोसा भएको वताउनु भयो । कार्यक्रम स्वागत मन्तव्य तरुण दलका जिल्ला सदस्य विश्वास श्रेष्ठले र कार्यक्रमको संचालन तरुण नेताहरु नरेन्द्र कस्चित र श्रीराम रायमाझीले गर्नु भएको थियो ।
यसैगरी वि पी जयन्तीकै अवसरमा नेपाल महिला संघ धनकुटाले आजै बाल पुर्नस्थापना केन्द्र धनकुटामा रहेका बाल बालिकाहरुलाई खाद्यान्न र पोशाक वितरण गरेको छ ।
नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाको अध्यक्षतामा भएको खाद्यान्न तथा पोशाक वितरण कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राई महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बा लगायत धनकुटा काग्रेसका नेताहरु र महिला संघ धनकुटाका नेताहरुले खाद्यान्न र पोशाक वितरण गर्नु भएको थियो भने कार्यक्रमको उदेश्यको वारेमा उपाध्यक्ष अम्विका धमला र कार्यक्रमको संचालन सचिव संगिता चापागाईले गर्नु भएको थियो ।
बाल पुर्नस्थापना केन्द्र धनकुटाका रहेको १३ जना बालबालिकाहरुलाई चामल, दाल, तेल लगायतकाखाद्यान्न र पोशाक वितरुण गरिएको नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमलाले वताउनु भयो ।
वि पी जयन्तीकै अवसरमा मार्गा देवी कृषि फर्मका प्रोपाईटर तथा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य मिन कार्की धनकुटाबाट प्राप्त भएको एभोकाडोको विरुवाहरु धनकुटा टुडिखेल पछाडीको जग्गामा एभोकाडो को विरुवा, धनकुटा उद्योग बाणिज्य संघको परिषद र सहिद भीम नारायण स्मृती भवन परिषदमा एभोकाडो र ड्राईगनको विरुवाहरु समेत रोपिएको थियो ।