काठमाडौं : सर्वोच्च अदालतले नेपालको संविधान सबै नेपाली नागरिकलाई निःशुल्क रुपमा वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
अधिवक्ता विकास भट्टराईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुँयाल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार सरकारका नाममा परमामदेश जारी गरेको हो ।
नेपालको संविधान जारी भएपछि २०७२ असोज १५ गते सबै नेपालीलाई नि:शुल्क संविधान वितरण गर्न माग गर्दै प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाई भट्टराईले रिट दर्ता गरेका थिए ।