काठमाडौं : आम जनता पार्टी (आजपा)ले नेताहरुको जिम्मेवारी बाँडफाँडका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा महासचिव उपेन्द्र साहले बिभिन्न प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँडका साथै पार्टीले आयोजना गर्ने संघर्षका कार्यक्रमको बारेमा नेताहरुलाई जिम्मेवारी तोकिएको बताए ।

कोशी प्रदेशमा रामपृत राम ईन्चार्ज र हरिप्रसाद पोखरेललाई सहईन्चार्ज जुरीलाल मोचीलाई अध्यक्ष र बिनु किरातीलाई सचिवको जिम्मेवारी तोकिएको छ । मधेस प्रदेशमा सुधिर यादव ईन्चार्ज, श्रीचन मुखिया सहईन्चार्ज, उमेश कुशवाहा अध्यक्ष र ममता शर्मालाई सचिवको जिम्मेवारी तोकिएको महासचिव साहले जनाएका छन् ।

बागमती प्रदेशमा अरुण घिसिङ ईन्चार्ज, ज्ञानेन्द्र कुमार तामाङ सहईन्चार्ज, रमेश थपलिया अध्यक्ष र मिनबहादुर खत्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा तिलक थापामगर ईन्चार्ज, भोजराज त्रिपाठी अध्यक्ष र हरि थापालाई सचिवको जिम्मेवारी तोकिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा बद्री न्यौपानेलाई ईन्चार्ज, परमानन्द बर्मालाई सहईन्चार्ज, बिक्रम चौधरीलाई अध्यक्ष र आशा सञ्जेललाई सचिवको जिम्मेवारी तोकिएको छ । कर्णाली प्रदेशमा तिलक थापालाई ईन्चार्ज, हरि बोहरालाई अध्यक्ष र सुदुरपश्चिम प्रदेशमा बद्री न्यौपानेलाई ईन्चार्ज जागेश्वर बुढा क्षेत्रीलाई संयोजकको जिम्मेवारी तोकिएको आजपा महासचिव साहले बताए ।

यसैगरी किसान मोर्चाको संयोजकमा मनोजकुमार यादव राजन, आम सहकारी मोर्चाको संयोजकमा अंजित कुशवाहा, आम बिद्यार्थी मोर्चाको ईन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह, आम दलित मोर्चाको इन्चार्जमा रामपृत राम, सहइन्चार्जमा चन्देश्वर वैठा र रामनाथ माझी तथा ठगा दासलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

आम महिला मोर्चाको इन्चार्जमा समिना हुसैन, सहइन्चार्जमा कान्तिदेवी महतो र अध्यक्षमा कुमारी बबिता, आम शहीद वेपता परिवार इन्चार्जमा कान्तिदेवी महतो संयोजकमा बालकृष्ण सापकोटा, आम बुद्धिजीवी मोर्चाको इन्चार्जमा उदयचन्द्र प्रसाद अध्यक्षमा नवीन महतो, आम शिक्षक संगठनको इन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र संयोजकमा संजय साहलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी आम मजदुर महासंघको इन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा धनकुमारी माझी, आम मुस्लिम मोर्चाको इन्चार्जमा इस्लाम हवारी र संयोजकमा लालबाबू मंसुरी रहेका छन् । आम जनजाती महासंघको इन्चार्जमा योगेश राल्फाली र अध्यक्षमा पासाङ तामाङ, आम मधेसी मोर्चाको संयोजकमा त्रिभुवन साह अमर, आम थारु मोर्चाको संयोजकमा सरोज चौधरी, आम सम्पर्क मञ्चको इन्चार्जमा बिल्टु यादव, सहइन्चार्जमा किशोरी साह र संयोजकमा श्रीनारायण साह र आम सांस्कृतिक महासंघको इन्चार्जमा बिजय यादव निर्विज, सहइन्चार्जमा रचना सिवाकोटी र अध्यक्षमा सरिता साहलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीकी नेतृ एवं निवर्तमान सांसद समिना हुसैन आजपामा प्रवेश गरेकी र ज्ञानेन्द्र कुमार तामाङलाई पार्टीको सचिवको जिम्मेवारी तोकिएको छ ।

यसैगरी आजपाले ‘जनसंघर्षको उठान गरौं, आम बिद्रोहको बाटोमा अघि बढौं’ भन्ने मुल नाराका साथ एक कमिटी एक संघर्षको नीति अनुरुप जनसंघर्षका कार्यक्रमहरु अगाडी बढाउँने निर्णय गरेको छ । त्यसका लागि बिभिन्न कमिटीलाई समन्वय एवं नेताहरुलाई कमाण्डर तोकिएको आजपा महासचिव साहले जनाएका छन् ।

आजपा निर्णय अनुसार बैदेशिक रोजगारका पीडितको पक्षमा काठमाडौं उपत्यकामा आईटी आर्मीले संघर्षको कार्यक्रम गर्ने र त्यसको कमाण्डर बद्री न्यौपानेलाई तोकिएको छ । पर्सा र सर्लाहीमा बैकिंग कर्जा सम्बन्धी संघर्षका कार्यक्रम हुने र त्यसको अगुवाई आम सहकारी मोर्चाले गर्नेछ । यसका लागि कुन्दन कुश्वाहालाई कमाण्डर तोकिएको छ ।

बारा र पर्सामा मदरसा शिक्षा ऐन तथा बोर्ड गठनका लागि संघर्षका कार्यक्रम हुनेछ । आम मुस्लिम मोर्चाको अगुवाईमा हुने यस कार्यक्रमका लागि पार्टीबाट ईस्लाम हवारीलाई कमाण्डर तोकिएको छ । गरिब दलित आवासका लागि धनुषा, सिरहा र सप्तरीमा हुने संघर्षका कार्यक्रमको अगुवाई आम दलित मोर्चाले गर्ने र कमाण्डरमा रामपृत रामलाई तोकिएको छ ।

यसैगरी देशैभरी महिनाका मुद्धाका बारेमा संघर्षका कार्यक्रम हुने र यसको अगुवाई महिला मोर्चाले गर्ने र कमाण्डरमा रिता साहलाई तोकिएको छ । कोशी र बागमती प्रदेशमा पहिचान र मजदुरको पक्षमा हुने संघर्षका कार्यक्रम आम जनजाती महासंघले गर्ने र कमाण्डरको रुपमा तिलक थापामगरलाई चयन गरिएको छ ।

यसैगरी रौतहटमा गौर हत्याकाण्डको बारेमा शहिद तथा बेपता परिवारले गर्ने संघर्षका कार्यक्रमका लागि कमाण्डमा त्रिभुवन साह अमरलाई चयन गरिएको छ । रौतहट, बारा र महोत्तरीमा किसानको पक्षमा हुने संघर्षका कार्यक्रमका लागि आम किसान मोर्चाले अगुवाई गर्ने र उपेन्द्र साहलाई कमाण्डर तोकिएको छ । बेरोजगारलाई भत्ता वितरणका लागि आम विद्यार्थी मोर्चाले संघर्षका कार्यक्रम देशैभरी गर्ने र त्यसका लागि सियाराम कुशवाहालाई कमाण्डर तोकिएको छ ।

११ र १२ भदौमा आजपाको काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष प्रभु साहले पेश गरेको ‘भगौडा दलाल सत्ताको भण्डाफोर गरौं, जनसंघर्षको बाटोमा अघि बढौं’ भन्ने मुल नारा सहितको राजनीतिक प्रतिवेदन छलफल एवं परिमार्जन सहित पारित भएको छ ।

यसैगरी पार्टी निकट आम सम्पर्क मञ्चको भेला २३ भदौमा काठमाडौंमा गर्ने, कोशी प्रदेश बैठक एवं भेला २५ भदौमा विराटनगरमा, गण्डकी प्रदेशको ३० भदौमा पोखरामा लुम्बिनी प्रदेशको ३१ भदौमा भैरहवामा गर्ने निर्णय भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय