धनकुटा : धनकुटाको मुख्य बजार क्षेत्र वडा नं. ७ को हुलाकटोलमा नेपाल बैंक लिमिटेड धनकुटा शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको सडक बत्ती आज जठान गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं. ७ को हुलाकटोल स्थित मदन चौक देखी अस्पताल रोड हुदै ग्रिन र्पाक चुवाको वोट, चार चौतारा सम्मको क्षेत्रमा नेपाल बैंक लिमिेटेड धनकुटा शाखाले प्रदान गरेका सडक बत्ती जडान गरिएको धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यूवा समाजसेवी रोशेष श्रेष्ठले वताउनु भयो ।

नेपाल बैंक लिमिटेड धनकुटा शाखाका प्रबन्धक रञ्जित शाहले साजिक उत्तरदायित्व अन्तर्गत धनकुटा वडा नं. ७ का वडाध्यक्ष रोषेश श्रेष्ठलाई यूवा समाजसेवीहरु शैलेसमान श्रेष्ठ,दिपन श्रेष्ठ, शैलेस श्रेष्ठको उपस्थितमा २१ वटा सडक बत्ती प्रदान गर्नु भएको समाज कल्याण संस्था धनकुटा ७ का अध्यक्ष सुनिल कुमार डंगोलले वताउनु भयो ।

नेपाल बैंक लिमिटेड धनकुटा शाखाबाट उपलब्ध भएको सडक बत्ती हुलाक टोल क्षेत्रमा जडान गरिएको अन्य नपुग भएको क्षेत्र र धनकुटा नगरपालिका वडा नं. ७ का सबै टोलहरुमा वडा कार्यालयको तर्फकाट अब चाडैनै सबै टोलहरुमा तिन देखी चार वटा सम्म सडक वत्ती जडान गरिने वडाध्यक्ष रोशेष श्रेष्ठले वताउनु भयो ।

धनकुटा नगरपालिका वडा नं. ७ लाई उज्यालो वडा बनाउने अभियान अन्तर्गत अहिले उज्यालो कार्यक्रम संचालन गरेको समेत वडाध्यक्ष रोशेष श्रेष्ठले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय