काठमाडौं : रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना साहले जिल्लामा लालबकैयाको कटान एवं क्षतिको बारेमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएकी छन् ।

सिंहदरवार स्थित मन्त्रालयमा आज पुगेर मेयर साहले केही दिन अगाडि लालबकैयामा आएको बाढीले पुर्याएको क्षति र बाँध कटानका बारेमा मन्त्री बस्नेतलाई ध्यानाकार्षण गराएकी हुन् । उनले बाँध निर्माण र पीडित परिवारको लागि क्षतिपूर्तिको माग गरेकी छन् ।

मन्त्री बस्नेतले उक्त घटनाका बारेमा आफू जानकार रहेको बताउँदै नदी नियन्त्रणका कार्यलाई तदारुकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटघाटमा देवाही गोनाही नगरपालिकाको पूर्वमेयर धर्मेन्द्र पटेल, पूर्वउपमेयर सिमल कुमारी साह लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

पछिल्लो समय अत्याधिक बर्षासंगै लालबकैया नदीमा आएको बाढीले रौतहटमा क्षति पुर्याएको छ । केही दिन अघि मौलापुरकी मेयर साहले त्यसको निरिक्षण गर्दै यस बारेमा संघीय सरकारको ध्यानाकर्षण गराउँने पीडितलाई क्षतिपुर्ति दिलाउँन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय