धनकुटा : गरिव असाहय र पहुचविहिनहरुका लागी धनकुटा जिल्ला अस्तालमा अशोज १ देखी अशोज १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालनका लागी व्यापक तयारी जुट्ने आज शिविर मुल आयोजक समितिको वैठकले निर्णय गरेको छ ।
वृहत नि:शुल्यक शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षमा भएको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख तथा स्वागत समितिका संयोजक सावित्रि राईले गरिव र असायहको लागी यो शिविर जिवनदान हुने वताउनु भयो । धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिविरलाई सफल बनाउन सबै लाग्नु पर्ने वताउनु भयो ।
सो अवसरमा शल्यक्रिया स्वास्थ्य शिविर आर्थिक समितिका संयोजक दोर्ण गुरागाईले आर्थिक सम्वन्धि रक्तसंचार समितिका संयोजक नरेन्द्र पोखरेल, प्रचार समितिका संयोजक नगेन्द्र राई, आवास समितिका संयोजक पुरेन्द्रलाल श्रेष्ठ, सचिवालय सदस्यहरु विजय सन्तोषी राई, सुनिल डंगोल, राजन पौडेल, दिनेश अमात्य, रत्न दर्लामी, विष्णुमाया कन्दङ्वा, देवेन्द्र प्रधान, ज्योती प्रधान, रेणुका कार्की, नेपाल रेडक्रस सोसाईटी धनकुटाका कार्यालय सचिव विष्णु कृष्ण जोशी लगायत सुरक्षा निकायका प्रतिनिधिहरुले यस शल्यक्रिया स्वास्थ्य शिविरको व्यापक प्रचार प्रसार गरी लक्ष्यित वर्ग सम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो ।
धनकुटा अस्पतालमा हुने उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट आउने विशेषज्ञ डाक्टहरुलाई धनकुटाको चुवाको वोट ग्रिन पार्क धनकुटामा धनकुटाको परपरागत हिसावका बाजा गाजा सहित भव्य स्वागत गर्ने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
शल्यक्रिया स्वास्थ्य शिविरमा पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, लिङ्गमा मासु टासिएको, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो । शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुका गरी ५५ जना भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारका लागी धनकुटा आउने सचिवालय सदसय परेन्द्रलाल श्रेष्ठले वताउनु भयो ।
अलोहा मेडिकल मिसन अमेरिका, धनकुटा अस्पताल र सल्भ नेपालको संयुक्त आयोजनामा धनकुटा अस्पतालमा गरिव तथा पहुच विहिनहरुका लागी अशोज १ देखी अशोज १२ गते सम्म वहृत नि:शुल्क स्वाथ्य शिविर संचालन हुने र सो स्वास्थ्य शिविरमा शल्यक्रिया मात्र हुने अन्य सामान्य रोगहरुका चेकचाज नहुने भएकोले शल्यक्रिया गर्नै पर्ने विरामीहरुले मात्र यो शल्यक्रिया स्वास्थ्य शिविरमा आउनु पर्ने सचिवलाय सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।