धनकुटा : मंगला देवी सिंहको २७ औं स्मृती दिवसको अवसरमा नेपाल महिला संघ धनकुटाले आइतबार धनकुटामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले महिलाहरुको सहभागीता विना समग्र मुलुकको विकास नहुने भएकाले महिलाहरुलाई हरेक क्षेत्रमा अर्थ पूर्ण सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष अम्विका धमलाले स्वागत मन्तव्य र सचिव संगिता चापागाईले कार्यक्रमको संचालन गर्नु भएको थियो भने स्वर्गीय मंगला देवी सिंंहको जिवनी र योगदानको वारेमा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य सुमना तिम्सिनाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल प्रसाद ओझा, सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सिता श्रेष्ठ प्रधान, प्रदेश सभा ख का क्षेत्रिय सभापती राजन पौडेल, नेपाल महिला संघकका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रिय उपसभापति मिलन खड्गी, धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ, नेपाल दलित संघ धनकुटा जिल्लाका सचिव इन्दु दर्नाल, महिला संघ धनकुटाका नगर सचिव हिरादेवी राई, धनकुटा नगरपालिका कार्यपालिका सदस्यहरु रेजिना हिङमाङ्ग, मञ्जु कार्की, नेपाल दलित संघ धनकुटा नगरका अध्यक्ष दुर्गा शिवा, महिला नेताहरु कलमा शाही, ज्योती प्रधान, रेणुका कार्की प्रधान, जानुका सुन्दास, मन्दिरा भट्टराई, अनिता लुईटेल लगायतले स्वर्गीय नेता मंगला देवी सिंह प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।