धनकटा : नेपाल दलित संघ धनकुटा नगरको भेलाले दुर्गा शिवाको अध्यक्षमा नेपाल दलित संघ धनकुटा नगर कार्य समिति गठन गरेको छ । उक्त भेलालेको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति दिनेश राईले नेपाली कांग्रेसले सदैभ दलितहरुको पक्षमा काम गर्दै आएको बताउनु भयो ।

नेपाल दलित संघ धनकुटाका अध्यक्ष नारायण विकको अध्यक्षतमा भएको उक्त धनकुटा नगर भेलामा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला सदस्य अम्विका धमला, क्षेत्रिय सभापति क्षेत्र नं. ख का राजन पौडेल, नगर सभापति नरेश श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली, नेपाल दलित संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष रविन्द्र नेपाली, महलिा संघ धनकुटाका सचिव संगिता चापागाई, दलित संघका जिल्ला सचिव इन्दु दर्नाल लगायत राज्यले दलितहरुको विकास र समृद्धीका लागी विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो भने दलित नेता रेजिना हिङ्गमाङ्गले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

धनकुटा नगरको उक्त दलित भेलाले नगर अध्यक्षमा दुर्गा शिवा, उपाध्यक्षमा चन्द्र बहादुर रसाईली, महिला उपाध्यक्ष रंजना विक, सचिवमा ठहर सिं शर्मा, कोषाध्यक्ष ममता वराईली र सदस्यहरुमा मुना वस्याल, राम वहादुर विक, देवी दर्जी, विष्णु रसाईली, बिमला भुसाल, कुल वहादुर पुरकुटी, मेहरमान विक, कमला दर्नाल, आरती पाचकोटी, सईनध्वज रोक्का, मुना रम्तेल, शुष्मा वोगटी, तारा सिलवाल, पदम वहादुर नेपाली, बिमला विश्वकर्मा, चन्द्रमाया दर्जी, इन्दिरा रम्तेल र रिक्की मल्लिकलाई चयन गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय