काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने बेला गरेको निर्णयमा सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्ने बताएका छन् ।
मङ्गलबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले कोशी प्रदेशको हकमा सर्वोच्चले गर्ने निर्णयलाई स्वीकार्नुपर्ने बताएका हुन् ।
उनले भने,‘सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्छ। सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरेर यसरी विश्वसको मत लिनु भनेर पठाइदियो त्यो नै लोकतान्त्रिक पद्धति भएन ।’