धनकुटा : धनकुटा कांग्रेसजनलाई सांगाठानीक र बैचारिक रुपमा प्रशिक्षित गर्दै नेपाली कांग्रेस धनकुटा निति अनुसन्धान तथा प्रशिक्षण शाखाद्धारा धनकुटामा संचालन गरिएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो ।

नेपाली कांग्रेसका महामन्त्री तथा मुख्य प्रशिक्षक माननीय विश्व प्रकाश शर्माले पार्टीको निति सिद्धान्त, पार्टी संगठन, विकास निर्माण र पार्टी र जनप्रतिनिधि विचको सम्वन्ध विषय वृहत रुपमा प्रशिक्षण दिदै अव धनकुटा कांग्रेसजनहरु जनताका विचमा गएर पार्टीलाई रुपान्तरण गर्दै नविनतम ढंगबाट संगठनमा लाग्नु पर्ने वताउनु भयो ।

यसैगरी नेपाली कांग्रेसका प्रदेश महामन्त्री तथा प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक माननीय भूपेन्द्र राईले जनप्रतिनिधहरुको चुनौती र समाधानको विषयमा प्रजातन्त्रवादी प्रध्यापक संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष मदन कट्टेलले स्थानीय सरकार ऐन, आर्थिक एैन र नागरिक्ता ऐनको विषमा र केन्द्रिय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य अधिवक्ता आनन्द सन्तोषी राईले राजनैतिक दल सम्वन्धि ऐनको विषयमा प्रशिक्षण दिनु भएको थियो ।

नेपाली कांग्रेस धनकुटा निति अनुसन्धान तथा प्रशिक्षण शाखाका प्रमुख सुनिल कुमार डंगोलको अध्यक्षतमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु राजिव कोईराला, कुन्दनराज काफ्ले, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, भोजपुर जिल्लाका जिल्ला सभापति माननीय बिनोद बान्तवा, पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, सुनसरी जिल्लाका पूर्व जिल्ला सभापती सिताराम मेहेता, नेपाली कांग्रेसका नेता कमोट कुमार फागु लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

धनकुटा जिल्लाकार्य समिति, प्रदेश क्षेत्रिय कार्य समितिहरु, पालिका कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, वडा सभापतिहरु जननिर्वाचित जन प्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाको प्रमुखहरुको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य संविधान सभा सदस्य लिला सुब्बाले प्रशिक्षण कार्यक्रमको उदेश्य र महत्वको वारेमा जिल्ला सचिव तथा प्रशिक्षण शाखाका सदस्य सचिव विजय सन्तोषी राईले र प्रशिक्षण सत्रको कार्यक्रम संचालन अर्का सचिव जयन्द्र घिसिङ्गले गर्नु भएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री मुख्य प्रशिक्षक माननीय विश्व प्रकाश शर्माले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने जिल्ला निति अनुसन्धान तथा प्रशिक्षण शाखाका सदस्य सचिव विजय सन्तोषी राईले मुख्य प्रशिक्षक शर्मा र प्रशिक्षकहरुलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।

यस प्रशिक्षण कार्यक्रमले धनकुटा कांग्रेसजनलाई बैचारीक र सांगठानीक रुपमा बलियो र परिपक्क बनाएको सहभागीहरुले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय