धनकुटा : धनकुटा कांग्रेसजनमा नयाँ उत्साह र उर्जा थप्दै नेपाली कांग्रेसको बिशेष अभियान आज सम्पन्न भएको छ । धनकुटा जिल्लाको सात पालिका र ६० वडाहरुमा साउन २० गते देखी साउन ३० गते सम्म संचालन गरी आज सम्पन्न भएको नेपाली कांग्रेसको विशेष अभियानले धनकुटा कांग्रेसजनमा नयाँ उत्साह र उर्जा थपिएको छ ।

नेपाली कांग्रेस धनकुटाको आन्तरीक विशेष अभियानको समापन समारोहमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले नेपाली कांग्रेसले यस अभियान मार्फत गाउ सेवा दल गठन गरेर जनताको साथमा रहेर जनतासंगै काम गर्ने वताउनु भयो भने पूर्व केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले यस अभियानले आन्तरीक रुपमा कांग्रेसलाई बलियो बनाएको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको प्रदेश कार्य समितिका सदस्य सूर्य राई, नेता कमोट कुमार फागु लगायतले अभियान प्रभावकारी र उपलब्धिपूर्ण रहेको वताउनु भयो ।

सो अवसरमा संविधान सदस्य द्धय लिला सुब्बा र अञ्जना ताम्लीले क्रमस प्रदेश सभा क्षेत्रिय कार्य समिति १ र २ को प्रतिवेदन, जिल्ला उपसभापति निर्मल ओझाले महालक्ष्मी नगरपालिकाकाको, उपसभापति सुनिल डंगोलले सागुरीगढी गाउपालिकाको, सचिव विजय सन्तोषी राईले धनकुटा नगरपालिकाको, सचिव जयन्द्र घिसिङ्गले पाख्रिवास नगरपालिकाको, सहसचिव रोशन श्रेष्ठले सहिदभूमी गाउपालिकाको, सहसचिव गिरिजा प्रसाद दाहालले छथरजोरपार्टी गाउपालिकाको अभियानको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने चौविसे गाउपालिकामा बर्षातले गर्दा अभियान केही दिन पछि मात्र हुने चौविसे पालिकाका कार्य समितिका सभापति विजु राई(गुणराज राई) ले वताउनु भयो ।

यसैगरी धनकुटा जिल्ला प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ का सभापती जितेन्द्र राई, क्षेत्र नं. २ का सभापति राजन पौडेल, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायामाझी, सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बाले नेपाली कांग्रेस जनताको पार्टी भएकोले जनताका लागी काम गर्ने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाको सात वटै पालिकाका ६० वटै वडाहरुमा दुई वटै प्रदेश सभा क्षेत्रहरुमा जिल्ला प्रतिनिधिहरु खटाएर आन्तरीक विशेष अभियान संचालन गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय