धनकुटा : नेपाली कांग्रेस धनकुटा नगरको वडा नं. ३ र ७ मा भेला सम्पन्न भएको छ । नेपाली कांग्रेस धनकुटाको आन्तरीक विशेष अभियान अन्र्तगत धनकुटा नगरपालिकको वडा नं. ३ र ७ मा छुट्टा छ्ट्टै भेला सम्पन्न भएको हो ।
उक्त भेलाहरुलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले नेपाली कांग्रेसले मात्र अब धनकुटाका समग्र विकास गर्न सक्ने वताउनु भयो । उहाहरुले अव नेपाली कांग्रेसले गाउँ गाउँमा गाउँ सेवा दल गठन गरि जनताको समस्या समाधान गर्न सहयोग गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा वडा नं. ३ का उपसभापति गणेश घिमिरेको सभापतित्मा सम्पन्न भएको भेलामा जिल्ला सदस्यहरु मिन वहादुर कार्की, राजेन्द्र पौडेल, जिल्ला गोविन्द्र बाग्ले, जिल्ला सल्लाहकार नारायण प्रसाद रिजाल, क्षेत्रिय सदस्यहरु शान्तिराम मिश्र, दामोदर मिश्र, कार्यपालिका सदस्य मञ्जु कार्की, नगर सदस्य करण गुरागाई, इन्द्र राई लगायतले कांग्रेस अव वडामा पूर्ण रुपमा एकता कामय गरी अगाडी वढ्ने वताउनु भयो । कार्यक्रमको उदेश्यमाथि वडा सहसचिव दिनेश भण्डारीले प्रकाश पार्दै कार्यक्रम संचालन गर्नु भएकको थियो ।
यसैगरी वडा नं. ७ का सभापति शैलेसमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको वडा नं. ७ को भेलामा जिल्ला सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, बुद्धीकान्त घिमिरे, प्रजातन्त्रबादी प्रध्यापक संघ धनकुटा वहुमुखी क्याम्पसका सभापति सुन्दर श्रेष्ठ, डि एल ए धनकुटाका सचिव रमेश श्रेष्ठ, नेपाल शिक्षक संघ धनकुटाका सचिव रोहिणी पाण्डे, नगर अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, नगर सदस्य रेजिना पलिखे, कुमार दाहाल लगायतले कांग्रेसले अब सच्चिएर अगाडी बढ्नु पर्ने वताउनु भयो । भने कार्यक्रमको संचालन सचिव उर्गेन शाक्यले गर्नु भएको थियो ।
उक्त भेलाले वडा नं. ७ को सेवा दलमा रोशन राज अमात्य, नेपाल महिला संघको संयोजक सिता दाहाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको संयोजक कुमार श्रेष्ठ, नेपाल किसान संघको संयोजक केदार श्रेष्ठ, नेपाल तरुण दलको वडा अधिवशेन गर्न दिल कुमार राईलाई संयोजक जिम्मेवारी समेत दिएको वडा सचिव उर्गेन शाक्यले वताउनु भयो ।