काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र र पेट्रोल प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १६४.५ भएको छ ।

इन्डियन आयल कार्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय