– केजिन राई
काठमाडौं : बेल्जियमको क्यासेल्लोमा २९औँ विश्व आदिवासी दिवस सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमको आयोजनामा आइतबार विश्व आदिवासी दिवस सम्पन्न भएको हो ।
पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो ।
परम्परागत आदिवासी पहिचान झल्कने पोसाकमा सजिएका आदिवासी नेपालीले साकेला सिली, च्याग्रु, नोको बाङ्गेलगायत नृत्यहरू प्रस्तुत गरेका थिए ।