काठमाडौं : उपाधि दाबेदारमध्ये एक स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल भिडन्तमा छिमेकी स्विडेनलाई हराउँदै स्पेनले फाइनल यात्रा तय गरेको हो ।
न्युजिल्यान्डको इडेन पार्कमा भएको सेमिफाइनलमा भिडन्तमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले हराउँदै उपाधि यात्रा तय गरेको हो । खेलको पहिलो हाफमा दुवै पक्ष गोल गर्न असफल हुँदा दोस्रो हाफमा तीनै गोल सम्भव भए ।
स्पेनले खेलको ८१ ०औँ मिनेटमा साल्मा क्लेस्टे पाराल्युलो एयोनीगोनोले गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि खेलको ८८ औँ मिनेटमा रेबेका ब्लोम्भिसले प्रतिस्पर्धालाई १-१ गोलको अवस्थामा ल्याइन् । तर त्यसको १ मिनेट पनि नबित्दै स्पेनका लागि ओल्गा कार्मोनाले गोल गर्दै फाइनल तय गराइन् ।
स्पेनले उपाधिका लागि यही बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल भिडन्त अब इङ्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीच हुनेछ ।