धनकुटा : नेपाली कांग्रेस धनकुटाको किल्लाको रुपमा रहेको धनकुटा ५ मा विभिन्न भातृ संस्थाहरु गठन गर्दै आन्तरीक विशेष अभियान सम्पन्न भएको छ ।
अभियानको समापन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सविच तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले नेपाली कांग्रेसले धनकुटालाई सम्पन्न बनाउने र धनकुटेलीलाई सम्मानीत बनाउने वताउनु भयो । उहाले यस अभियानबाट कांग्रेस पूर्ण रुपमा रुपान्तरण हुने समेत वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा वडा नं. ५ का सभापति धन कुमार राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य तथा वडा नं. ५ का संयोजक निरुपा राईले अभियानको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन वडा उपसभापति शम्भु प्रधान गर्नु भएको र स्वागत मन्तव्य अर्का उपससभापती गोविन्द राई व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटका महासमिति सदस्य सिता श्रेष्ठ प्रधान, जिल्ला सदस्य अम्विका परियार, पूर्व जिल्ला सदस्य दिनेश भण्डारी, धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, नेपाल महिला संघका वडा नं. ५ का अध्यक्ष रेणु कार्की प्रधान, नेपाल तरुण दलका वडा अध्यक्ष बेनु राई, महिला नेता ज्योती प्रधान, टोल सभापति दुर्गा भण्डारी, निर्वाचित वडा सदस्यहरु टिका श्रेष्ठ, दुर्गा शिवा लगायते धनकुटा नगरको विकास र समृद्धीका लागी नेपाली कांग्रेस क्रियाशिल रहेको वताउनु भयो ।
अभियान अन्तर्गत धनकुटा नगरपालिका वडा नं. ५ मा ज्योती प्रधानको अध्यक्षतमा सेवा दल, गोविन्द श्रेष्ठको अध्यक्षमा नेपाल किसान संघ, पवित्रा पाचकोटीको अध्यक्षमा नेपाल दलित संघ र जिना श्रेष्ठको अध्यक्षमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती संघ गठन गरिएको वडा उपसभापती गोविन्द्र राईले वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसले सबै निर्वाचनहरुमा अत्यधिक मतले विजयी हुदै आएकोले नेपाली कांग्रेस धनकुटाको किल्लाको रुपमा रहेको वडा सभापती धन कुमार राईले वताउनु भयो ।