काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीले जनमत पार्टीबाटअनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन ।

२५ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भइसकेकाले जनमतलाई सहभागी गराउन एकजना मन्त्री हट्नैपर्नै हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेपनि कसलाई सरकारबाट फिर्ता बोलाउँछन् भन्ने खुलेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय