धनकुटा : नेपाल महिला संघ धनकुटा नगर कार्य समितिले नेपाल महिला संघको स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसको आन्तरीक विशेष अभियान अन्तर्गत महिला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाहरुको क्षमता विकास गर्ने उदेश्यले नेपाल महिला संघ धनकुटा नगर कार्य समितिद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोईराला, जिल्ला सभापति दिनेश राई, संविधान सभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्दै अव नेपाली कांग्रेसको नेतृत्वमा महिलाहरुको अर्थपूर्ण र निर्णायक उपस्थिति हुनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तारामान गुरुङले महिलाको सक्रियताबाटै नेपाली कांग्रेस वलियो र दर्हो हुनु पर्ने वताउनु भयो ।
नेपाल महिला संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष राधा बजगाईको अध्यक्षतमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण नेपाली कांग्रेस निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका निर्वतमान सदस्य तथा सुनसरी जिल्ला सचिव विरेन्द्र शाहले प्रशिक्षण दिनु भएको थियो । भने कार्यक्रमको संचालन नेपाल महिला संघ धनकुटा नगर कार्य समितिका सचिव हिरा राईले गर्नु भएको थियो ।
सो अवसरमा संविधान सभा सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस प्रदेश समितिका सदस्य मिना राई, जिल्ला उपसभापति निर्मल ओझा, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, सिता प्रधान, नेपाल महिला संंघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, सचिव संगिता चापागाई, निरुपा राई लगायत महिला नेताहरुको उद्घाटन कार्यक्रममा सहभागीता रहेको थियो ।
नेपाल महिला संघ धनकुटा नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरुर वडाका अध्यक्षहरुलाई प्रशिक्षण दिईएको नगर सचिव हिरा राईले वताउनु भयो