माल्टा : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।
माल्टास्थित सफल युवा व्यावसायी एबं समाजसेवी भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौमा हुने ११ औं महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने बताएका छन् ।
उनले माल्टामा गैरआवासीय नेपाली संघ ल्याउन अनवरत रुपमा खटिएर एनआरएनए माल्टा गठन गर्न ठुलो योगदान गरेका थिए । एनआरएनए माल्टामा उपाध्यक्ष भएर सफल कार्यकाल संपन्न गरेका भण्डारी हाल नेपाल माल्टा च्यारिटी एशोसिएसनको अध्यक्ष समेत रहेका छन् ।
विगत ९ बर्षदेखी माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन् ।
भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्ष समेत भएर केन्द्रिय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउदै युवाहरुलाई यस अभियानमा जोड्ने बताएका छन् ।
एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका भण्डारीले बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।